नियम १४०
कार्य क्षेत्रगत शर्त (टर्म अफ रिफरेन्स) तयार गर्नु पर्ने
(१) स्थानीय निकायले
परामर्श सेवा खरिद गर्नको लागि देहायका कुरा सहितको कार्य क्षेत्रगत शर्त तयार
गर्नु पर्नेछ ः–
(क) परामर्शदाताले गर्नु पर्ने कामको पृष्ठभूमि र उद्देश्य,
(ख) परामर्शदाताको कार्य क्षेत्र र निजले सम्पादन गर्नु पर्ने काम,
(ग) कामस“ग सम्बन्धित अध्ययन तथा आधारभूत तथ्याड्ढ उपलब्ध भए सोको
विवरण,
(घ) परामर्शदाताले स्थानीय निकायलाई कुनै ज्ञान वा शीप हस्तान्तरण गर्नु
पर्ने भए सो सम्बन्धी विवरण
(ङ) तालिम प्रदान गर्नु पर्ने भए तालिम दिनु पर्ने कर्मचारीको संख्या,
(च) परामर्शदाताको मुख्य जनशक्तिको काम तथा योग्यता र निजले गर्नु पर्ने
कामको लागि लाग्ने अनुमानित समय,धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
ज्ञज्ञड
(छ) परामर्शदाताले काम शुरु गर्ने र सम्पादन गरिसक्नु पर्ने समय,
(ज) स्थानीय निकायले परामर्शदातालाई उपलब्ध गराउने सूचना, भौतिक
सुविधा, उपकरणको विवरण, र
(झ) परामर्शदाताले पेश गर्नु पर्ने प्रतिवेदन, तथ्याड्ढ, नक्सा, सर्भे प्रतिवेदन
आदिको विवरण ।